असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
काठमाडौं । बेलायती सांसदहरुले इंग्ल्याण्ड र वेल्समा व्याप्त असाध्य एवं जटिल रोगका बीरामीहरुले आफ्नो जीवन समाप्त पार्न सहायता मृत्यु (इच्छामरण प्रकृति)को कानूनी प्रावधानका लागि ल्याइएको एक विधेयकअघि बढाउने प्रारम्भिक अनुमति दिएका छन् ।
युनाइटेड किंगडम संसद सदस्यहरुबीच भएको एक भावनात्मक एवं जोशीलो बहस पश्चात ‘सहायता प्राप्त मृत्यु’ विधेयकअघि बढाउन ३३० देखि २७५ मतले अघिल्लो चरण लैजाने अनुमति दिएको हो । सांसदहरुले सैद्धान्तिक रुपमा भएको छलफलपछि अनुमति प्रदानको पक्षमा मतदान गरेपनि संसदीय जाँचपछि मात्रै अघिल्लो चरणको प्रक्रियामा प्रवेश गर्ने बताइएको छ । यस्तै प्रकारको कानून पारित गर्ने २०१५ को प्रयास विफल भएको थियो ।
घण्टौंको बहसपछि सांसदहरुले भने, ‘कहिलेकाँही भावनात्मक, दुःख, कानून, आस्था, अपराध अनि धनको मुद्दा आकर्षित हुन जान्छ ।’ बहसपछि संसदमा निर्णयार्थ प्रस्तुत गर्दा संसदबाहिर र दीर्घामा कयौं मानिहरु खचाखच भरिएका थिए ।
विपक्षीहरुले भने यस प्रकारको कानूनले कमजोर व्यक्तिहरुलाई थप जोखिममा धकेल्ने बताएका छन् । त्यस्ता व्यक्तिलाई यो कानूनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो जीवन समाप्त पार्न बाध्यात्मक अवस्था सिर्जना समेत गर्न सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।
विधेयकका समर्थकहरुले भने यसबाट प्रताडित परिवार र तिनका सदस्यहरुको कारुणिक व्यथा सुनाएका थिए, जसले आफ्नो असाध्य पीडाबाट मुक्ति पाउन भन्दै बाध्यात्मक रुपमा आत्महत्याको बाटो रोजे । यसरी उनीहरुको व्यथा बताउँदा कतिपय सांसदहरुले गहभरी आँशु पारेका थिए । यद्यपि, अहिलेको अवस्थामा यस मामिलामा कसैको पनि सहायता प्रदान गर्नु एक अपराध मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ