रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी
![रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी](https://npcdn.ratopati.com/media/news/nikita-rabi_lUO9cN84wS.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।
प्रहरीका एकजना उच्च अधिकृतका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंक मार्फत कारोबार गरेको फेला परेको छ । रविले ग्लोबल आइएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेका हुन् ।
निकिता पौडेलले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक मार्फत कारोबार गरेको भेटिएको छ । सो रकम उनीहरुले २०१२ भन्दा पछि कारोबार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पोखरा र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनीहरूको सम्पत्तिको स्रोत खोजीरहेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘करिब २१ करोड रकमको स्रोत खोज्दै छौँ ।’
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आरोपीको एकाघरका परिवारको सम्पत्तिबारे अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर