बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
शुक्रबार, १४ मङ्सिर २०८१, २० : ३०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बीआरआईका विषयमा संसदमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
कोइरालाले बीआरआईका विषयमा कांग्रेस–एमालेले तयार गरेको दस्ताबेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई मनाउनुपर्ने बताए ।
विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बीआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् ।
बीआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग