नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ

काठमाडौँ । फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका नरबिर खड्कासहित ९ अध्यागमन अधिकृतहरूले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माले उनीहरूलाई सफाइ दिएका हुन् । लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई कसुरदार कायम गर्ने निर्णय भएको छ । गिता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई कसुरदार कायम गरिएको काठमाडौँ जिल्ला अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
न्यायाधीश शर्माले उनीहरूको हकमा सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेका छन् । सरोज कुमार यादव ट्राभल सञ्चालक हुन् । अरुण दाहाल बिचौलिया हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ