एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन, तस्बिरहरु
शुक्रबार, १४ मङ्सिर २०८१, १८ : ५३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठुलो नाम हो ।