बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

तीन तहका सरकारबिच समन्वयको अभाव छ : मन्त्री खड्का

शुक्रबार, १४ मङ्सिर २०८१, १८ : ४६
शुक्रबार, १४ मङ्सिर २०८१

हेटौंडा  । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले विकास आयोजना सञ्चालनका सवालमा तीन तहबिच समन्वय अभाव रहेको बताएका छन् । विकास आयोजना कार्यान्वयनका चरणमा तीन तहका सरकारबिच एकले अर्कोलाई नटेर्ने अवस्था रहेको उनले बताएका हुन् ।

मन्त्रालयको आयोजनामा हेटौंडामा भएको २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै मन्त्री खड्काले स्थानीय तहले मागे अनुसारको आयोजनाहरू प्रदेश सरकारले दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहको चासो कम पर्ने समस्या रहेको बताए । उक्त समस्याका बिचबाट संघीयता कार्यान्वयनको चरणहरू अघि बढिरहेको उनको भनाई छ ।

मन्त्री खड्काका अनुसार स्थानीय तहसँगको समन्वयमा विकास आयोजना सञ्चालनका विषयमा सरकार गम्भीर छ । विकास आयोजना व्यवस्थापनका लागि प्रदेश सरकारले आयोजना बैंक निर्माणको काम गरिरहेको छ । आयोजना बैंक निर्माण पश्चात स्थानीय तह र प्रदेश सरकारबिचको समन्वयात्मक भूमिका तथा आयोजनाको प्रभावकारीतामा वृद्धि हुने उनले बताए ।

नागरिकको आवश्यकताको आधारमा विकास आयोजनाहरू निर्माणमा सरकारले काम गर्ने उनले विश्वास व्यक्त गरे । वृहत र प्रभावकारी आयोजना निर्माण गरेर उत्पादनमा केन्द्रीत विकासमा सरकारले जोड दिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप