अदालत
जापान मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
शुक्रबार, १४ मङ्सिर २०८१, १७ : ३१

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा
-
अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी