क्रिकेट
एनपीएलका कप्तानहरू भन्छन्– खेलका लागि तयार छौँ
शुक्रबार, १४ मङ्सिर २०८१, १७ : २१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी आठ ओटै टोलीका कप्तानहरूले आफूहरू प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार नेपाल क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा कप्तानहरूले आफूहरू उपाधि जित्न लालायित रहेको बताए ।
कार्यक्रममा विराटनगरका कप्तान सन्दीप लामिछाने, जनकपुरका कप्तान अनिल कुमार साह, चिनवतका कप्तान कुशल मल्ल, काठमाडौँका कप्तान करण केसी, लुम्बिनीका कप्तान रोहित कुमार पौडेल, पोखराका कप्तान कुशल भुर्तेल, कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाल प्रिमियर लिगको मस्कट पनि सार्वजनिक गरिएको थियो । मस्कटका रूपमा हिउँ चितुवाको प्रयोग गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन शनिवार विराटनगर र जनकपुरबिच खेल हुँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड