क्रान्तिकारी कम्युनिस्ट पार्टीले बनायो पाँच सदस्यीय अध्यक्षमण्डल
_p4DAMykFkl.jpg)
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन सञ्चालनका लागि पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको ठुलो हलमा सुरु भएको बन्दसत्रमा निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको सहभागी एक नेताले जानकारी दिए । अन्य सदस्यमा दिनेश शर्मा, शोभा सेन्चुरी र अर्का एक प्रमोद रहेका छन् । ती नेताका अनुसार संयोजक मोहन वैद्यले पेस गरेको मूल राजनीतिक दस्तवेजमाथि छलफल सुरु भएको छ ।
‘किरणको दस्ताबेजमा सङ्घर्ष, एकता र रूपान्तरणलाई मुख्य पद्धतिको रूपमा अङ्गालेको छ । दोस्रो सहमति र तेस्रोमा जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने गरी तीन पद्धतिलाई अपनाइएको छ’, ती नेताले भने, ‘सीपी गजुरेलले अन्तर्राष्ट्रियसम्बन्धी दस्तावेज पेस गर्नुभएको छ । राम सिंहले सङ्गठनात्मक प्रस्ताव पेस गरेका छन् । सन्तबहादुर नेपालीले पर्यावरणसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।’
मुख्य प्रस्तावमाथि छलफल गर्न ७ मिनेट दिइएको छ । फरक प्रस्तावमाथि ५ मिनेट दिएको छ । आफ्ना असन्तुष्टि पोख्नका लागि १० मिनेटको समय दिएको ती नेताले बताए । बिहीबारदेखि सुरु भएको एकता महाधिवेशन २३ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?