राप्रपामा करिब विकल्पहीनजस्तो देखिएका कमल थापालाई अध्यक्षमा पराजित गर्दै पार्टीको नेतृत्वमा पुगेका राजेन्द्र लिङ्देन एकाएक राजनीतिक रूपमा चर्चाको पात्र बने । राजतन्त्रवादी विचारधाराका लिङ्देनले आफूलाई कट्टर गणतन्त्रवादी मान्ने कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उनकै क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा दुई–दुई पटक पराजित गरे । त्यसपछि लिङ्देनको राजनीतिक उचाइ थप बढ्यो ।
२०२२ सालमा पाँचथरमा जन्मिएका लिङ्देनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बसेका उनी आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रूपमा परिचित गराउन चाहन्छन् । उनै लिङ्देनसँग रातोपाटीले समयसामयिक राजनीतिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, लिङ्देनसँग गरिएको कुराकानीको सम्पादित अंश–
अब नेपालको राजनीति नेपालमा बसेर मतदान गर्नेको हातमा मात्र रहेन । प्रवासमा रहेका नेपालीहरूको हातमा पनि गयो । अब दुई वटा नेपाल रह्यो– एउटा भूगोलको नेपाल, अर्को भावनाको नेपाल ।
भावनाको नेपाललाई पनि नजोडिकन पार्टी बलियो हुन्न भनेर हामी प्रवासमा लागेका हौँ । त्यस्तै, देशभित्र पनि हामीले सन्तोष मान्नुपर्ने गरी कहीँ पनि पार्टीको सङ्गठन त छैन नै । त्यही पनि गत निर्वाचनमा प्र्राप्त मतको विश्लेषण गर्दा सहरी क्षेत्र र साक्षर जिल्लामा हामीलाई राम्रो मत आयो ।
एकदमै बढिरहेको छ । हामीप्रतिको अपेक्षा बढेको छ । भ्रमवश हिजो अरुलाई रोजेको भए पनि अब राप्रपा नै भरपर्दो र स्थिर विकल्प रहेछ भन्ने छाप मानिसहरूमा पर्दै गएको मैले पाएँ ।
त्योचाहिँ भ्रम हो । उपनिर्वाचनको ट्रेन्डलाई नबुझ्दा त्यो परिणामसँग हाम्रो लोकप्रियतालाई पनि गाँस्ने गरेको देख्छु । गएको निर्वाचनमा पनि ती क्षेत्रमा हाम्रो राम्रो उपस्थिति थिएन । र, अहिले अप्रत्याशित परिणाम प्राप्त गर्न पनि त्योबिचमा राम्रो सङ्गठन गरेको हुनुपर्थ्यो, त्यस किसिमका प्रयासहरू पनि भएनन् । कुनै त्यस्ता लोकप्रिय उम्मेदवार पनि थिएनन् । अनि जादुको रूपमा हामीलाई मत आउनुपर्ने कुनै कारण थिएन ।
राप्रपालाई एक सय मान्ने हो भने झन्डै ९५ प्रतिशत नयाँ मानिस छन् । पाँच प्रतिशतमात्रै म लगायतका मानिसहरू प्रारम्भदेखि लागेकाको सङ्ख्या छ । त्यहीमध्ये केही साथीमा हिजो दुःःख गर्ने बेलामा हामीले ग¥यौँ, यो राप्रपा हामीले रुङेर बस्यौँ । त्यसको फल हामीले नै पाउनुपर्छ भन्ने केही साथीहरूले नयाँ नेतृत्व, नयाँ अनुहार आउँदा हिजोको आजै नेता हुने भन्ने गुनासो मैसँग पनि गर्छन् ।
म अध्यक्षको उम्मेदवार बन्दा दुईतीन वटा विचारले काम गरेको थियो । एउटा विचारका मानिसमा अध्यक्ष कसलाई बनाउने भन्ने प्रस्ट थिएन तर जसरी पनि कमल थापालाई विस्थापित गर्ने अर्थात् व्यक्तिगत इगोले ग्रस्त थिए ।
एकथरीचाहिँ मलाई मन पराउँथे । निष्ठाका साथ सघाए । अर्कोथरी थिए, जो नेतृत्वको वरिपरि बस्ने । नेतृत्वलाई प्रयोग गर्ने । सङ्गठन गर्न पनि नजाने । कुरा लगाएर नेताहरूलाई जुधाउने र त्यसलाई राजनीति गरेको भनी हिँड्ने । कमल थापालाई भन्दा राजेन्द्र लिङ्देनलाई प्रयोग गर्न सकिन्छ, उसलाई त फनफनी घुमाएर लाभ प्राप्त गर्न सकिन्छ भनेर सहयोग गर्नेहरू पनि थिए । तर मेरो सपना, जिम्मेवारी, योजना अर्कै थियो । मलाई घुमाउन खोजे, म घुमिनँ ।
मलाई महाधिवेशनमा नसघाउने पशुपति शमशेर लगायतको ठुलो समूह थियो । त्यो समूहलाई जोगाउनुपर्ने थियो । अर्को, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीजस्ता हजारौँ नयाँ साथीहरूलाई पार्टीमा जिम्मेवारी दिनुपर्ने थियो । त्यो जिम्मेवारी पूरा गर्दा त कतिपय साथीहरूको आकाङ्क्षा त गज्याङमज्याङ नै भयो ।
२५ वर्षको सुष्मा मिश्रदेखि ८४ वर्षका पशुपति शमशेर राणासम्मलाई सँगै लिएर हिँड्ने जिम्मेवारी मेरो हो । तर, ४० वर्षमुनिका केन्द्रीय सदस्यहरूको सङ्ख्या ६० पुगिसकेको छ । राप्रपा भनेकोचाहिँ जुधिराख्ने, जे छ– त्यसलाई बाँडेर खाने, खोसेर खाने भन्ने कतिपयलाई भ्रम छ ।
यही गतिमा जाने हो भने त भोलि हामीले मलामी पनि पाउँदैनौँ । चुनाव जित्ने र मान्यता स्थापित गर्ने कुरा त परको विषय हो ।
अस्पतालमा उपचार गराइरहेका महामन्त्री धवल शमशेरलाई सङ्गठन विभाग प्रमुखबाट हटाउन किन हतार गर्नुभएको ?
यस्तै–यस्तै कुराको खेती गरेर आफ्नो राजनीति उठाउन सकिन्छ । अनि राजनीति नै त्यही हो भन्ने, बुझ्ने केही साथीहरूलाई त्यस्तो लागेको होला । उहाँहरूले गर्नै नहुने काम गर्नुभयो । मानवीय संवेदनासँग खेल्नुभयो ।
म लण्डनबाट आउँदै थिएँ । धवलजी दिल्ली जाँदै हुनुहुन्थ्यो । हामीले फोनमा कुरा गरेका छौँ । एकअर्कामा कुरा शेयर भएको छ । अलिकति लामो रेष्टमा जानुपर्ने हुनसक्छ । त्यसबेला हटाउने कुरा राम्रो पनि भएन । सङ्गठन विभाग लगायत अन्य विभागको जिम्मेवारी हेरफेर गरिएको हो ।
उहाँलाई नै किन भानिराख्नुप¥यो ? अस्पतालमा हुनुहुन्थ्यो ।
अध्यक्षभन्दा त्यहाँ बनाइएका कुनै पनि निकाय माथि हुन्छ र ? यो छलफलको विषय नै होइन ।
म सर्वसम्मत् अध्यक्ष भएको होइन । निर्वाचन लडेर भएको हो । चुनाव पनि थोरै मतले जितेको हो । मेरो नेतृत्वप्रति असहमत राख्नेको सङ्ख्या पनि ठुलो छ भन्ने कुरा त त्यसबेलाको परिणामले नै देखाएको थियो । तर पनि परिणाममा देखिने गरी समस्या छैनन् । र, पार्टीको लोकप्रियतामा पनि प्रश्न छ भन्ने मलाई लाग्दैन ।
अहिले नै यो पार्टी फुटाउने गरी आमाको दुध खाएको त्यस्तो बहादुर छोरा छजस्तो लाग्दैन ।
तपाईंलाई यो कुरा राप्रपाको मान्छेले भनेकै होइन । कि त्यो राप्रपा नबुझेको कथित राप्रपा हो । राप्रपाले त आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेर जनतासँग भोट मागेको हो । अर्को कुरा, आवश्यक प¥यो भने पार्टी अध्यक्षले नयाँ दृष्टिकोण पनि अगाडि लिएर जान्छ । त्यसको टेष्ट केन्द्रीय कार्य समितिले गर्छ ।
राजनीतिक, सैद्धान्तिक हिसाबले बेठिक भए पनि कांग्रेस र एमाले मिलेर सरकार बनाइसकेपछि डेलिभरीको हिसाबले केही फरक पर्छ कि भन्ने लागेको थियो । तर यो त एक अर्काको भ्रष्टाचार ढाकछोप गर्न, एक अर्कालाई जोगाउन गरिएको गठबन्धन रहेछ । मुलुक पूर्णरूपमा निराशाको बाटोतर्फ उन्मुख छ ।
प्रतिपक्षले के भ्रम सिर्जना ग¥यो, सरकारले त कामबाट जवाफ दिनुप¥यो । डेलिभरी दिनुपर्ने सरकार स्वयं सडकमा आएर मुठभेड निम्त्याउन खोज्दैछ । मुठभेडको निमन्त्रणा गर्दैछ सरकार ।
हाँस्यास्पद कुरा । नेपाली युवा बेचेर आएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलाउनेले के कुरा गर्नु ! उहिल्यै फलानो व्यक्ति नियुक्त हुँदैछ भन्ने थाहा हुँदाहुँदै परीक्षाको नाटक गरियो । धितोपत्र बोर्डको नियुक्तिमा कसले कति पैसा खाने भन्नेमा ओली र प्रचण्डको कुरा नमिलेर सरकार ढलेको होइन ? अहिलेको सरकारलाई कुन बिचौलियाले चलाइरहेको छ भन्ने कुरा थाहा पाउन के बाँकी छ र ?
सत्ताको दुरुपयोग कुन तहको हुन्छ भन्ने कुरा यसले देखाउँछ । अनुसन्धान गर्नै हुन्न भन्ने होइन । तर रवि लामिछाने, दुर्गा प्रसाईंजस्तै आरोप लागेका व्यक्तिहरूले किन उन्मुक्ति पाइरहेका छन् ? प्रहरी प्रमुखले नै सफाइ दिएकोलाई त्यही प्रहरीले कसरी अनुसन्धान गर्दैछ ? मुद्दा चलाउन नपर्ने भन्ने त्यही महान्यायाधिवक्ताको कार्यालयले कसरी मुद्दा चलाउला ? राज्य अहिले पूरै निकम्मा भएको छ ।
यसमा धेरै टिप्पणी छैन । प्रधानमन्त्रीजस्तो व्यक्तिलाई यस्तो अभियोग आइसकेपछि प्रधानमन्त्रीले यसमा छानबिन गराउन उपयुक्त हुन्छ । किनभने त्यो समयमा उहाँ कम्बोडिया जानु पनि भएको छ । कम्बोडियाको टोलीलाई आफ्नै निवास बालकोटमा घण्टौँ भेट्नु पनि भएको छ । यतिमात्र होइन, एक्जिएटा कम्पनीसँग सम्बन्धित मान्छेले कहीँकहीँ कुरा पनि चुहाएका छन् । कतिले भन्छन्– दिनेचाहिँ भनेको हो तर दिइसकेको चाहिँ छैन ।
कांग्रेस, एमाले, माओवादीले किन ठुलठुला कुरा गर्नु ? यिनीहरूले स्वीकार गरिसकेका छन् सन् २०१७ मै । लिनै हुन्न भन्ने र लिनैपर्छ भन्ने दुवै मूर्ख तर्क हो । कुनै पनि वैदेशिक सहायतालाई रोक्ने, लिँदै नलिने भन्ने कुरा मुर्खता हो । मैले चाइनिज राजदूतसँगको भेटमा भनेँ– वाइडबडी त ल्याण्ड हुँदैहुँदैन । न्यारोबडी पनि तौल घटाएपछि मात्र ल्याण्ड हुन्छ । त्यस्तो विमानस्थलमा किन सहयोग चाहियो ? ल्याएको पाँच वटा जहाज उड्दैउड्दैन । यस्ता सहयोगचाहिँ नगर्नुस् । यहाँका नेता पाल्नैका लागि लोन दिने हो भने यसले चीन पनि बदनाम हुन्छ । पोखरा विमानस्थल बनाउँदा, प्लेन किन्दा नेताहरूले कमिसन खाएका छन् भन्ने कुरा तपाईंहरूलाई थाहा छैन र ? जानाजान यस्तो काम चीनले गर्नु भएन ।
प्रतिक्रिया