मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
काठमाडौँ । मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन् ।
मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ।
उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। सो दिन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल