मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले असन्तुष्टि जनाएको छ । समीक्षाले पछिल्लो विकसित घटनाक्रमलाई नीतिगत सम्बोधन गर्नुपर्ने कार्यदिशालाई निरन्तरता दिनुले लक्ष्यहरू प्राप्ति र आर्थिक क्रियाकलापमा आशातीत गति नआउने चिन्ता बढाएको परिसंघले उल्लेख गरेको हो ।
यो समीक्षालाई सीबीफीनले ‘पर्ख र हेर’को रणनीति ठानेको छ । अर्थतन्त्रका आन्तरिक सूचकहरू शिथिल हुँदै गएको परिस्थितिमा गत साउनमा आएको नीतिले आमरुपमा आशा र उत्साह जगाएको भन्दै परिसंघले अहिलेको अवस्थगामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्तिमा वृद्धि भइरहेको र अपेक्षाकृत कर्जा लगानी नभएको र आर्थिक गतिविधिले गति लिन नसकिरहेको अवस्थामा यी घटनाको नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको परिसंघको तर्क छ ।
वित्तीय क्षेत्रमा रहेको पर्याप्त तरलता, न्यून ब्याजदर र सार्वभौम साख मूल्याङ्कनमा नेपालले प्राप्त गरेको नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको अवसर सिर्जना भएको अवस्थालाई मध्यनजर गर्दै अर्को त्रैमासिक समीक्षामार्फत सहज नीति र उपायहरू अवलम्बन गरिने विश्वास समेत परिसंघले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान