ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बाजुरा, बुढीगंगा नगरपालिका-८ देउलीसैनस्थित रामकाट्या खोलामा सोही नगरपालिका-९ थापाबाडा बस्ने ५३ वर्षीय दल बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित पानी जमेको खाल्डोमा सोही नगरपालिका-३ वासुदेव बस्ने ६५ वर्षीय काले ढोली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौदी बस्ने विक्रम ठकुरीको घरको पिँढीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, बागमती गाउँपालिका-४ प्युटारस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मत अवस्थामा फेला परेकी छिन् ।
पाल्पा, तिनाउ गाउँपालिका-६ मस्यामस्थित ढाक्रिपार भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार