होसियार,गुगल म्यापको भरपर्दा पुगिएला मृत्युको मुखमा
नयाँ दिल्ली । पछिल्लो समय गुगल म्याप हामीले निकै प्रयोग गर्ने एप बनेको छ । नयाँ ठाउँमा कतै जानु छ वा केही कार्यक्रममा पुग्नु छ भने सबैभन्दा पहिला हामी मोबाइलमा गुगल म्याप निकालेर सो ठाउँ खोज्छौँ । अझ कतिपय त कार, मोटरसाइकल वा स्कुटरमा गुगल म्याप खोली खोली त्यसैलाई हेरेर गन्तव्यसम्म पुग्छौँ पनि ।
कहिलेकाहीँ अगाडि जाने ठाउँ नै भएको बाटो वा जानै नसक्ने ठाउँमा पनि बाटो देखाएकोले फर्केर आउनु पर्दा समय बर्बाद भएको उदाहरण त हामी सबैसँग छ । यस्ता एपको भर पर्दा कहिलेकाहीँ ठुला दुर्घटनामा पनि पर्न सकिन्छ ।
भारतमा यस्तै घटना भएको छ । गुगल म्यापले देखाएको बाटो भएर कार चलाइरहँदा उत्तर प्रदेशमा तीन जना युवकको आधा हिस्सा नभएको पुलबाट कार खसेर मृत्यु भएको छ । यस घटनामाथि प्रहरीले अझै पनि छानबिन गरिरहेको छ । यो घटना यही आइतबारको हो ।
गुगल म्यापले देखाएको बाटो पछ्याउँदा उक्त कार दुर्घटनामा परेको बताइएको छ । पुलको आधा हिस्स यो वर्षको सुरुमा बाढीका कारण बगाएको थियो । स्थानीयहरूलाई पुलको अवस्था थाहा थियो ।
त्यसैले उनीहरू सकेसम्म यो पुल प्रयोग गर्दैनथे । तर ती तीन जना सो ठाउँका थिएनन् । बाहिरको भएकोले गुगल म्यापको भर परेर रातिको समयमा सोही पुल भएर जान खोज्दा दुर्घटनामा परेर र ज्यानै गुमाउनुपर्यो । पुलको मुखमा चेतावनी संकेत वा अवरोध पनि राखिएको थिए ।
यस घटनामा अधिकारीहरूले राज्यको सडक विभागका चार जना इन्जिनियर र गुगल म्यापका नाम नखुलेका एक अधिकारीमाथि सामूहिक हत्याको अभियोग चलाएका छन् । यस मामिलामा आफूले अधिकारीहरूसँग सहकार्य गरिPको गुगलका एक प्रवक्ताले बीबीसीलाई भनेका छन् ।
केहीले सही जानकारी नदिएको भन्दै एपलाई गाली गरिरहेका छन् भने अरुले यसको लागि सरकारलाई दोष दिइरहेका छन् । गलत बाटो देखाएको र कहिलेकाहीँ एपको भर पर्दा ज्यानै जाने गरी दुर्घटना भएका घटना बेला बेलामा आइरहेका छन् । तर गुगल म्यापसँग सम्बन्धित यस्ता घटना दोहोरिने भने छाडेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव
-
डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ
-
नयाँ नेतृत्व छनोटका लागि नयाँ शक्तिमा मतदान हुँदै, को–को छन् प्रतिस्पर्धामा ?
-
नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश