सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
शुक्रबार, १४ मङ्सिर २०८१, १३ : ५७

काठमाडौँ । मुख्य सिजनमा नै धान तथा चामल आयात भएको पाइएको छ । नेपालमा असोज, कार्तिक, मङ्सिर महिनामा धान भित्र्याउने सिजन हो । तर सरकारी तथ्याङ्कले भने खेतबाट धान भित्र्याउने सिजनमा बाहिर मुलुकबाट ठुलो रकम बराबरको धान आयात भएको देखाएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।
गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख करोड रुपैयाँ बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो ।
एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ