ट्रम्पको तारिफमा पुटिनले यस्तो भने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरेका छन् । बिहीबार उनले ट्रम्पलाई ‘समाधान खुट्याउन सक्षम बुद्धिमान र अनुभवी राजनीतिज्ञ’ भनेका हुन् । युक्रेनी युद्धलाई लिएर मस्को र पश्चिमबिच तनाव बढिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो ।
काजगस्तानमा पत्रकारहरूमाझ बोल्ने क्रममा ट्रम्पको आगामी प्रशासनका लागि अतिरिक्त अप्ठ्याराहरू सृजना गरिदिएको भन्दै पुटिनले बाहिरिदैं गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको चर्को निन्दा पनि गरेका थिए । बाइडेनले हालै युक्रेनलाई रुसको भित्री भूभागमा आफ्नो देशले दिएको लामो दूरीको मिसाइल हान्ने अनुमति दिएका थिए । बाइडेनले यस्तो अनुमति दिएपछि भड्किएको रुसले युक्रेनमाथि लामो दूरीको मिसाइल हानेको थियो ।
युक्रेनले आफू माथि जुन देशले दिएको लामो दूरीको मिसाइल हान्छ त्यो आक्रमण युक्रेनले नभएर दाता देशले गरेको मान्ने र यसको प्रतिकार गर्ने भन्दै चेतावनी दिएका थिए । ‘अमेरिकामा नवनिर्वाचन राष्ट्रपति बुद्धिमान र पहिला नै अनुभव बटुलिसकेका व्यक्ति भएको अहिलेसम्मको मेरो कल्पना छ । मलाई लाग्छ कि उनले कुनै न कुनै समाधान निकाल्नेछन्,’ पुटिनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचत गरेको रकम निकाल्न नपाउँदा...
-
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण