‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागि २३ देशका ४७ चलचित्र छनोट
![‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागि २३ देशका ४७ चलचित्र छनोट](https://npcdn.ratopati.com/media/news/blue-and-white-modern-call-for-volunteers-poster-_BKtyfd3acM.png)
काठमाडौँ । १२औँ ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’को ‘लाइनअप’ सार्वजनिक गरिएको छ । आयोजकले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सबै विधाका चलचित्रको सूचि सार्वजनिक गरेको हो । महोत्सव अगामी ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै छ ।
महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएका हुन् । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’, सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत चलचित्रहरु समेत प्रतिस्पर्धामा छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’ सहित ९ वटा वृत्तचित्र छनोट भएको छ ।
सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छ । केन्द्रले मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठीहरू समेत महोत्सवमा आयोजना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता