मध्य प्रदेशको खण्डवामा जुलुसका क्रममा आगलागी, ३० जना घाइते
शुक्रबार, १४ मङ्सिर २०८१, ११ : ४६

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको खण्डवामा जुलुसका क्रममा आगलागी हुँदा ३० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
‘सभाको रूपमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो, जुलुसको अनुमति लिइएको थियो । घण्टाघरमा कार्यक्रम सकिँदै गर्दा मानिसहरूको हातमा भएका केही मशाल उल्टियो, मसालको आसपास आगो भड्कियो ।’
घटनाबारे जानकारी दिँदै खण्डवाका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार राईले भने । घेरा बनाएर उभिएका मध्ये केही महिला, बालबालिका र पुरुष थिए । उनीहरुको अनुहार र हातमा अलिकति जलेको बताइएको छ ।
जिल्ला अस्पतालमा करिब ३० जना ल्याइएको र तीमध्ये १८ जना प्राथमिक उपचारपछि घर गएका प्रहरी उपरीक्षकले भनेका छन् । अहिले पनि १२ जनाको प्राथमिक उपचार भइरहेको र कसैलाई पनि खतरा नभएको उनले बताएका छन् ।