मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
_Nnki4lwC8C.jpg)
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेटघाट गरेका छ । बोर्डको कार्यालय खुमलटारमा बिहीबार प्रतिनिधिमण्डलले अध्यक्ष श्रेष्ठसँग भेटघाट गरेको संघका महासचिव निर्मल भट्टराईले जानकारी दिए ।
सो क्रममा संघका अध्यक्ष रामेन्द्र रायमाझीले अध्यक्ष श्रेष्ठलाई समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हक हित संरक्षण गर्न आग्रह गरेका थिए । भेटमा अध्यक्ष श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिनिधिमण्डलमा संघका अध्यक्ष रायमाझीका साथै निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव भट्टराई, कोषाध्यक्ष शिभान्तराज पाण्डे तथा सदस्य द्वय सन्दिप कार्की र पुष्प शर्मा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग
-
सरकारको नीति तथा कार्यक्रमका लागि के -के छन् संसद्का सुझाव ?
-
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी
-
जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तै हो : ज्ञानेन्द्र शाही