लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन आज दिउँसो लुम्बिनी आउँदै छन् ।
विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताए ।
उक्त अवसरमा स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् । प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ।
त्यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग
-
‘तमसोमा ज्योतिर्गमय’ नै देवी सरस्वतीको अर्चना
-
अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरू पर्याप्त छैन : अर्थमन्त्री
-
युवालाई प्रधानमन्त्री ओलीको सुझाव : झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस्
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त
-
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन