चितवन राइनोजसँग जोडिए चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीर
![चितवन राइनोजसँग जोडिए चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीर](https://npcdn.ratopati.com/media/news/tanvir-image_1Ntb463pLh.jpg)
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (आईपीएल) मा सहभागी क्लबमध्येको एक चितवन राइनोजले चर्चित पाकिस्तानी खेलाडी सोहल तनवीरलाई टोलीमा आबद्ध गरेको छ ।
चितवन राइनोजले लामो समय पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका सोहेल तनवीरसँग एनपीएलका लागि सम्झोता गरेको हो । बाँयाहाते तिब्रगतिका बलर सोहेल तनवीर विश्व चर्चित क्रिकेटर हुन् ।
उनले राजस्थान रोयल्सबाट विश्वकै लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग पनि खेलिसकेका छन् । उनी पाकिस्तान सुपर लिग विजेता टोलीका सदस्य पनि हुन् ।
उनले पाकिस्तानको राष्ट्रिय टोलीलाई सन् २००९ को आईसीसी टी–२० विश्वकपको उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘मैले एनपीएलको सहभागितालाई चुनौतीका रूपमा लिएको छु । नेपाल गएर हजारौँ नेपाली क्रिकेट फ्यानसामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टोलीका धेरै फ्यानहरू छन्,’ सोहेल तनवीर भन्छन् ।
यसैगरी, सोहेल तनवीरलाई भित्राएपछि टोली थप उत्साही भएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जनाएका छन् । ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनवीरलाई अनुबन्ध गरेका हौँ,’ उनले भनेका छन् ।
नेपाल प्रिमियर लिग क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा
-
अध्यादेशको विषयमा ८ दलीय मधेसी मोर्चा किन मौन ?
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)