नेपालले आज बलियो श्रीलङ्कासँग पहिलो खेल खेल्दै
![नेपालले आज बलियो श्रीलङ्कासँग पहिलो खेल खेल्दै](https://npcdn.ratopati.com/media/news/u-19_8E4OKRe6yq.jpg)
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दै छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा नेपालले पहिलो खेल बलियो प्रतिद्वन्द्वी श्रीलङ्कासँग खेल्न लागेको हो ।
नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार, बिहान १०ः४५ बजे सुरु हुनेछ । यू–१९ एसिया कप डिसेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १ तारिखमा (आइतबार) बंगलादेशसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा (मंगलबार) अफगानिस्तानसँग खेल्नेछ ।
दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् ।
यसैगरी, टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् ।
नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रंजित कुमार पनि नेपाली टोलीमा छन् ।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । हालै नेपालले घरेलु मैदानमा भारतको कर्नाटन टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । पाँच एकदिवसीय खेलको शृङ्खलामा नेपाल ३–२ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग
-
शंखरापुरको जङ्गलमा चितुवा मृत फेला