एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
क्यालिफोर्निया । एप्पलले अनौठो खालको सेक्युरिटी क्यामराको प्याटेन्ट प्राप्त गरेको छ । यो क्यामराको विशेषता यही छ कि यसले अनुहार मात्रै होइन शारीरिक विशेषताहरू (जस्तै छाती, पोसाक आदि)का आधारमा पनि व्यक्तिको पहिचान गर्न सक्छ । यो पेटेन्ट अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालय (यूएसपीटीओ)ले दिएको हो । यो सेक्युरिटी क्यामेरा प्रणाली अनुहार पहिचानमा मात्र सीमित नभएर शरीरका विशेषताहरू जस्तै लुगा वा शरीरका अङ्गहरूका आधारमा पनि व्यक्ति पहिचान गर्न सक्ने बताइएको छ ।
यो प्रणालीमा व्यक्तिको अनुहार मात्र नभई तिनीहरूको शरीरको बनावट जस्तै छाती वा पहिरन आदि पनि चिन्न सक्ने क्षमता भएको बताइएको छ । क्यामेराले व्यक्तिको अनुहार देख्न सकेन भने पनि ‘बडी प्रिन्ट’बाट पनि उसको पहिचान गर्न सक्नेछ । क्यामेरा प्रणालीले नियमित रूपमा घरमा आउने जाने मानिसहरूका तस्बिरहरू अस्थायी रूपमा भण्डारण गर्छ र गहिरो सिकाइ मोडेल प्रयोग गरेर तिनीहरूको शारीरिक विशेषताहरूको विश्लेषण गर्दछ ।
प्रणालीले कुनै एक व्यक्तिको पहिचान गर्यो भने यसले घर भित्र प्रयोगकर्तालाई सूचना पठाउँछ । प्रयोगकर्ताले आईफोन, आईप्याड वा एप्पल टिभीमा क्यामेराको लाइभ फिड हेर्न सक्छन् । एप्पलको यो पेटेन्ट स्मार्ट होम फिल्डमा ठूलो फड्को हो । अनुहार र बडी प्रिन्ट चिन्न सक्ने यो प्रविधिले स्माटै होम सेक्युरिटीलाई नयाँ दिशा दिन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण
-
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
-
प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस