पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
शुक्रबार, १४ मङ्सिर २०८१, ०७ : २५

इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए ।
यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो । नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ ।
प्रदर्शनकारीहरूलाई शहरमा धारा ४४ लागू भएको बारे सूचित पनि गरिएको पुलिसले एफआईआरमा उल्लेख गरेको छ । तर त्यसपछि पनि प्रर्दशनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती