युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
शुक्रबार, १४ मङ्सिर २०८१, ०२ : २६
![युरोपा लिगमा लियोंको शानदार प्रदर्शन](https://npcdn.ratopati.com/media/news/liyon_yIPs2j8JMH.jpg)
काठमाडौं । युरोपा लिगमा फ्रान्सको लियोंले शानदार प्रदर्शन गरेको छ । बिहीबार राती भएको खेलमा लियोंले अवरबैजानको काराबाग एफकेविरुद्ध ४–१ को जित निकालेको हो ।
लियोंलाई जिताउन जर्जेसले दुई गोल गरे भने कोरिन्टिन र मलिकले एक-एक गोल गरे । काराबागका तर्फबाट जुनिन्होले एक गोल फर्काए । जितसँगै लियों अन्तिम आठको क्वालिफकेशन क्षेत्रमा पुगेको छ ।
उसको ५ खेलबाट १० अंक भएको छ । शीर्ष स्थानमा भने इटालीको लाजियो छ । हालसम्म अपराजित उसको ५ खेलबाट १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?