सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
बिहीबार, १३ मङ्सिर २०८१, २२ : ००
![सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त](https://npcdn.ratopati.com/media/news/nn_H6w75eMi7l.jpg)
काठमाडौँ । ब्रोकर कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले अर्याललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
चाटर्ड अकाउन्टेन्ट रहेका अर्याल शेयरबजारको विश्लेषकको रुपमा परिचित छन् । उनी लामो समयदेखि शेयरबजारमा आवद्द छन् । उनी जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष पनि भइसकेका छन् । उनी जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि थिए ।
सीबीआईएल सेक्युरिटिज लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर नम्बर ९१ को रुपमा सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकथरी तत्त्वहरूले व्यवस्थालाई पछाडि फर्काएर निरंकुशतातर्फ लैजाने कोसिस गरिराखेका छन् : प्रचण्ड
-
किन पाकिस्तान आए एर्दोगन ?
-
प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
-
ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल
-
मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन
-
खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)