झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
बिहीबार, १३ मङ्सिर २०८१, २१ : ५५
![झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात](https://npcdn.ratopati.com/media/news/iii_UwkmjEjOU0.jpg)
भद्रपुर । झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात भएको छ । झापा मेचीनगर नगरपालिकाको १५ नम्बर वडामा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजुले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो ।
उद्योगका सञ्चालक कैलाश सरियाका अनुसार, मंगलबार नमुनाका रूपमा ३२ हजार थान इँटा भारत पठाइएको हो । यो नेपालकै ठुलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग हो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन गर्न थालेको छ ।
सञ्चालक सरियाले भारतमा नेपाली उत्पादनको माग बढिरहेको बताउँदै आगामी दिनमा निर्यातको परिमाण थप बढाउने लक्ष्य रहेको जानकारी दिए । सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजको यो कदमले नेपाल र भारतबिचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसिल आइनपुगेकाले माधव र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ भएन
-
लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ
-
संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुट्यो
-
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत
-
देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
-
ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव