जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड

जाजरकोट । जाजरकोटमा एमाले उम्मेदवार सुनिता बोहोरा सवार गाडी तोडफोड भएको छ । बिहीबार साँझ बोहोरा सवार गाडी तोडफोड भएको हो ।
नलगाढ–१ चिउरीमा घरदैलो कार्यक्रमको सिलसिलामा ७ः १५ बजे उनी सवार गाडीमा ढुंगा प्रहार भएको हो। एमाले केन्द्रिय सदस्य तथा भेरी नगरपालिकामा मेयर सीपी घर्तीले बोहोरा सवार गाडी तोडफोड भएको जानकारी दिए ।
गाडीमा एमालेको तर्फबाट नलगाड नगरपालिका उपमेयरकी उम्मेदवार बोहरा र घर्ती लगायत एमाले नेताहरु सवार थिए । नलगाड नगरपालिका दल्लीबाट नलगाड–१, चिउरीतर्फ जाँदै गरेको लु२च ६२२४ नम्बरको गाडीमा कुनै एक समहुले ढुंगा प्रहार गरेको र जीपमा सामान्य क्षति पुगेको घर्तीले बताए । आक्रमणकारी समूह भने भागेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक हरि डाँगीले पनि उम्मेदवार बोहरा चुनाव प्रचार प्रसारमा निस्किएका बेला गाडीमा ढुंगा प्रहार भएको बताए । अहिले घटनाबारे बुझ्न प्रहरी टोली खटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड