चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०८१/०८२ मा स्नातकोत्तर तह (पीजी) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
मङ्सिर १७ गतेदेखि पुस ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिनेछ । त्यसपछि पुस १४ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले विभिन्न ११ वटा शैक्षिक कार्यक्रम समूहका ५८ वटा शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न अनलाइन मार्फत आवेदन माग गरेको हो ।
प्रवेश परीक्षा माघ २७ गतेदेखि २८ गतेसम्म हुनेछ । एकीकृत प्रवेश परीक्षा काठमाडौँ उपत्यकाभित्र हुने आयोगले जनाएको छ । नेपाली विद्यार्थीले आवेदन दिँदा ५ हजार रुपैयाँ र र विदेशीले आवेदन दिँदा ८ हजार रुपैयाँ आवेदन शुल्क लाग्ने आयोगको भनाई छ ।
सरकारी शिक्षण संस्थामा सञ्चालन हुने स्नातकोत्तर तहमा नेपाली विद्यार्थीका लागि निःशुल्क हुने व्यवस्था छ । त्यसका लागि नेपाली विद्यार्थीले भर्नाका बखत राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधनसमेत) बमोजिम कबुलियतनामा गर्नुपर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह