लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले २०८२ वैशाख २६ गतदेखि प्रथम महाधिवेशन गर्ने गरी पार्टीको संठनात्मक गतिविधिलाई तीव्रता दिएको छ ।
लोसपाले हालै स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँ बोलाएर प्रशिक्षण दिइसकेको छ । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ‘महाधिवेशन निर्वाचन निर्देशिका’ तयारी समिति गठन गरेको छ ।
सो समितिको सदस्यमा प्रमेश्वर साह, डा.सुरेन्द्रकुमार झा, मनिष कुमार मिश्र, मीना चौधरी रहेका छन् ।
त्यसैगरी, पार्टीले साधारण सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउन विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधारमानी केन्द्रीय पदाधिकारीहरूलाई खटाइएको छ । उपत्यकासहित तराई मधेसका २३ जिल्लामा प्रतिनिधि खटाएको लोसपा नेपालका महासचिव मनिष मिश्रले बताए ।
झापाका लागि पुष्पा ठाकुर, मोरङका लागि डा.सुरेन्द्र झा, सुनसरीका लागि विनोदकुमार सिंह, उदयपुरका लागि शेखरकुमार सिंह, सप्तरी प्रमेश्वर साह (क्षेत्र–१), हरिप्रसाद मण्डल (क्षेत्र–२), मो कादिर (क्षेत्र–३), राजेन्द्रकुमार साह (क्षेत्र–४), सिरहाका लागि जेपी ठाकुर (क्षेत्र–१), कुमारनाथ मिश्र (क्षेत्र–२), रुपा यादव (क्षेत्र–३), अमरकान्त झा (क्षेत्र–४), धनुषाका लागि देवेन्द्र यादव (क्षेत्र–१), रामप्रकाश चौधरी (क्षेत्र–२), मनिषकुमार मिश्र (क्षेत्र–३), रानीकुमारी तिवारी (क्षेत्र–४) लाई तोकेको छ ।
त्यस्तै, महोत्तरीका लागि सुधा झा (क्षेत्र–१), इन्द्र झा (क्षेत्र–२), अभास लाभ (क्षेत्र–३), अनिलकुमार सिंह (क्षेत्र–४), सर्लाहीका लागि कविन्द्र नाथ ठाकुर (क्षेत्र–१), कालिकान्त झा (क्षेत्र–२), पिंकी कुमारी यादव (क्षेत्र–३), बाबुलाल साह (क्षेत्र–४), रौतहटका लागि रामप्रवेश बैठा (क्षेत्र–१), केदारनन्दन चौधरी (क्षेत्र–२), अभय सिंह (क्षेत्र–३), सुशिल राउत (क्षेत्र–४), बाराका लागि निलम बर्मा (क्षेत्र–१), रमेशकुमार कुर्मी (क्षेत्र–२), ज्ञानेन्द्र झा (क्षेत्र–३), जयनुल राइन (क्षेत्र–४), पर्साका लागि उपेन्द्र महतो (क्षेत्र–१), विमल केडिया (क्षेत्र–२), श्यामप्रसाद गुप्ता (क्षेत्र–३), सञ्जिव कुमार साह (क्षेत्र–४), चितवनका लागि संजिव कुमार झा, मकवानपुरका लागि अर्जुनप्रसाद उप्रेती, नवलपरासीका लागि मिना चौधरी, रुपन्देहीका लागि सदाशिव मिश्र (क्षेत्र–१), अजकुमार झा (क्षेत्र–४), विमलेशकुमार झा (क्षेत्र–३) लाई तोकेको छ ।
त्यस्तै कपिलवस्तुका लागि वृजेन्द्र मिश्र, दाङका लागि रमकुमार ठाकुर, बाँकेका लागि जासर यादव, बर्दियाका लागि शितलप्रसाद यादव, कञ्चनपुरका लागि दानबहादुर विश्वकर्मा, कैलालीका लागि सुदीप कुमार झा, उपत्यका लागि श्रृष्ठी सिंह भण्डारी र रेणुलाई तोकेको छ ।
सदस्यता वितरणको अभियानको क्रममा पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य लोसपाले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश