तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर

काठमाडौँ । तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुने टुरका प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले जानकारी गराएको छ ।
झिल्के एन्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट सुरु भई फेब्रुअरी ७, २०२५ मा समापन हुनेछ । जसअनुसार झापामा डिसेम्बर २१, रुपन्देहीमा डिसेम्बर २४, काठमाडौँमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ ।
ब्यान्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौँमा तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ । ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौँ । तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुनेछ । यसरी नै ठाउँ अनुसार नाम फेरिनेछ, स्टिभले भनेका छन् ।
ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति हुने आशा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म प्रदर्शन