भारतीय नौसेनाद्वारा के–४ ब्यालिष्टिक मिसाइलको सफल परीक्षण

नयाँदिल्ली । भारतीय नौसेनाले ठूलो सफलता हात पारेको छ । बुधबार नौसेनाले के–४ ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । यो परीक्षण हालै नौसेनामा सामेल भएको आणविक पनडुब्बी आईएनएस अरिघाटबाट गरिएको थियो ।
आणविक पनडुब्बी आईएनएस अरिघाट रणनीतिक बल कमाण्ड द्वारा सञ्चालित छ । यो मिसाइलले ३ हजार ५०० किमि परसम्म प्रहार गर्न सक्छ । यसले नौसेनाको शक्तिमा ठूलो वृद्धि गर्ने बताइएको छ ।
आईएनएस अरिघाटलाई एक पटकमा १२ के–१५, चार के–४ र ३० टर्पेडो राख्न सकिन्छ । भारतमा कुनै पनि पनडुब्बीबाट के–४ ब्यालेस्टिक मिसाइलको यो पहिलो सफल परीक्षण हो । अधिकारीहरूले परीक्षणबारे सैन्य र राजनीतिक नेतृत्वलाई विस्तृत जानकारी दिनेछन् ।
मिडिया रिपोर्टका अनुसार यो परीक्षण भारतको आणविक क्षमताका लागि निकै महत्वपूर्ण छ । योसँगै भारत समुद्रबाट पनि लामो दूरीमा परमाणु हमला गर्न सक्षम भएको छ ।
नौसेनाले के–४ ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेपछि चीनको अधिकांश क्षेत्र अब भारतको आणविक हतियारको रडारमा परेको छ । नौसेनाले यो क्षेप्यास्त्र बंगालको खाडीमा परिक्षण गरेको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने