गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष सञ्चालन

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ । गुनासो सुनुवाइ कक्ष सञ्चालनमा आएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले कार्यालय प्रमुख वा विभागीय प्रमुखसँग गर्न सक्नेछन् ।
विभिन्न माध्यम र प्रक्रियाबाट आएको गुनासो सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाएको सहसचिव तिवारीले बताए । उनले भने, ‘सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन सकेमा गुनासो कक्षको इमेल ( [email protected]), फेसबुक (हेलो गृह मन्त्रालय), एक्स हेलो गृह mohagunaso, ह्वाट्सएप (९८५१३६०६०३) र हुलाकमार्फत लिखित रूपमा पनि गुनासो राख्नु सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि