बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि पुनः प्रस्ताव माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाल श्रम मुक्त घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव माग गरेको छ । बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः आवेदन माग गरेको हो ।
यसअघि प्रस्ताव माग गरिएकोमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक सूचना जारी गरेको हो । अब आगामी पुस १५ गतेभित्र आवेदन दिन सकिनेछ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाल श्रम मुक्त स्थानीय तह घोषणाको लागि सशर्त अनुदान शीर्षकमा १०० वटा स्थानीय तहलाई बाल श्रम मुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्न २ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसका लागि मन्त्रालयले २०८१ असोज १३ गते ६)० दिनको समयावधि तोकेर पहिलो पटक प्रस्ताव आह्वान
गरेको थियो । उक्त समयमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक प्रस्ताव आह्वान गरेको हो ।
इच्छुक स्थानीय तहले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको घरधुरी सर्वेक्षण सम्पन्न गरेको प्रतिवेदनसहित प्रस्ताव पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’