बागमती लोकसेवा सदस्यमा खड्का नियुक्त
![बागमती लोकसेवा सदस्यमा खड्का नियुक्त](https://npcdn.ratopati.com/media/news/khadka_fl8Ug8N3st.jpg)
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आयोगको सदस्य पदमा खड्कालाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । ऐनको दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुनेगरी २ कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । दोलखाको गौरिशंकर गाउँपालिका–५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मङ्सिर २०८१ को मन्त्रिपरिषद्को बैठकको प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खड्कालाई सदस्य पदमा नियुक्तिका लागि ५ मङ्सिरमा प्रदेश प्रमुख देवकोटा समक्ष प्रस्ताव प्राप्त भएको थियो । उनको शपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म