एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल बिहीबार नेपाल आइपुगेका छन् । विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा गप्टिललाई अनुबन्ध गरेको हो ।
३८ वर्षीय खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटरका रूपमा चिनिन्छन् । उनी प्राय ओपनिङ गर्छन् ।
न्युजिल्याण्डका लागि तीनै फर्म्याटको प्रतियोगिता खेलेका गुप्टिलले टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्याण्डका लागि १ सय २२ खेल खेल्दै ३ हजार ५३१ रन बनाएका छन् । यसमा २ शतक र २० अर्धशतक सामेल छ । उनको उच्च स्कोर १ सय ५ रन हो ।
त्यस्तै, एकदिवसीयमा उनले १ सय ९८ खेलमा ७ हजार ३४६ रन बनाएका छन् । उनले १८ शतक र ३९ अर्धशतक हिर्काएका छन् । उनको उच्च स्कोर २ सय ३७ रन (नटआउट) रहेको छ ।
यता, टेस्टमा उनले ४७ खेलमा २ हजार ५८६ रन बनाएका छन् । जसमा ३ शतक र १७ अर्धशतक रहेका छन् । उनले यस फर्म्याटमा १ सय ८९ रनको उच्च स्कोर बनाएका छन् ।
उनले आईपीएलमा किंग्ल्स इलेभेन पञ्जाब, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबदबाट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत