रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा

किभ । रुसले युक्रेनको ऊर्जा सञ्जालमा आक्रमण गरेको छ । रुसले रातभरि कयौं स्थानमा मिसाइल र ड्रोनबाट आफ्ना ऊर्जा पूर्वाधारमा आक्रमण गरेको युक्रेनले बताएको छ ।
रुसले देशभर यस्ता आक्रमण गरेको र १० लाखभन्दा धेरै जनता बिजुली बत्तीबिहिन अवस्थामा बस्न बाध्य भएको पनि भनिएको छ । ‘युक्रेनको ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,’ युक्रेनी ऊर्जा मन्त्री हरमन हालुशचेन्कोले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेका छन् ।
रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्सकोले बताए । बिहीबार बिहान युक्रेनी वायुसेनाले रुसले देशका विभिन्न स्थानमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो ।
रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?