कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुख पदतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधि सभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भने यहाँ उम्मेदवारी नै दिएन ।
कीर्तिपुर नगर प्रमुख पदका लागि निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यसपटक चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
कीर्तिपुरको प्रमुख पदमा कांग्रेसबाट कृष्णमान डङ्गोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राडा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कीर्तिपुरलक्षित चुनावी सभा गरेका छन् । हेरौँ तस्बिरहरू :
- कांग्रेसको सभा
- माओवादीको सभा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे