नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । नवनियुक्त लेखामान बोर्डका अध्यक्ष, लेखापरिक्षणमान बोर्डका अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा लेखामान बोर्डका अध्यक्ष सुनिरकुमाल ढुंगेल, लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौला अर्थमन्त्री विष्णुप्रसाद पौडेलबिच भेटवार्ता भएको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको भागबन्डा अनुसार लेखामान बोर्ड अध्यक्षमा सिए ढुंगेल नियुक्त भएका थिए । उनी नेपाली कांग्रेस निकट मानिन्छन् ।
त्यस्तै लेखापरीक्षणमान बोर्डको अध्यक्षमा नियुक्त भएका जगन्नाथ उपाध्याय निरौला एमाले निकट मानिन्छन् । नेपाल लेखामान बोर्डले अन्तर्राष्ट्रिय लेखामान बमोजिम नेपालको मापदण्ड बनाइ कार्यान्वयनको पहल गर्दछ र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित बनाउने काम गर्छ । लेखा परीक्षणमान बोर्डले वित्तीय विवरण राखेको मिलेको छ छैन भनेर परीक्षण गर्दछ ।