पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
![पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स](https://npcdn.ratopati.com/media/news/dursanchar-pradhikarn-doorsanchar_wWXx764AQn.jpg)
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण भएको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले वल्र्डलिङले पाएको इन्टरनेट सेवा प्रदायक (आईएसपी) र नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स पाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
यसमध्ये आईएसपीको लाइसेन्स २०८० चैत १६ गतेदेखि लागु हुनेछ । एनएसपीको लाइसेन्स भने २०८१ साउन १९ गतेदेखि लागू हुनेछ । नयाँ लाइसेन्सको अवधि ५ वर्ष रहेको प्रवक्ता पौडेलको भनाइ छ । यसअघि वर्ल्डलिङ्कले दुई साताअघि प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्कबापत २ अर्ब १५ करोड रुपैयाँ बराबरको शुल्क प्राधिकरणमा दाखिला गरेको थियो ।
सोसँगै प्राधिकरणले नवीकरण प्रक्रिया अघि बढाएको थियो । आवश्यउक प्रक्रिया पूरा गरेपछि आज लाइसेन्स दिइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐनमा दूरसञ्चार सेवा प्रदायकलाई पहिलोपटक २५ वर्ष र त्यसपछि ५५ वर्षसम्मका लागि नयाँ लाइसेन्स लिन सकिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा जसपा नेपालको खाँचो, सरकारको ‘च्वाइस’मा किन पर्यो जनमत पार्टी ?
-
हेटौँडा बालमैत्री नगर घोषणा
-
संघीय निजामती सेवा तहगत संरचनामा राख्ने सहमति
-
ठमेलमा प्रहरी कुट्ने अखिल नेता अनुसन्धानको दायरमा आएनन्
-
त्यो जनयुद्धले ल्याएको तरङ्ग
-
नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित