गढीमाई मेलाको अवसरमा ७ दिने कृषि एक्स्पो हुँदै

काठमाडौँ । गढीमाई मेलाको अवसरमा बारामा ७ दिने कृषि एक्स्पो हुने भएको छ । बारामा कनेक्ट किसानको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने भएको हो ।
५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुनेलाई र तराई क्षेत्रका कृषकलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।
किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ । मेला संयोजक सञ्चिता लामिछानेले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन् । जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन् ।
एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ । जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिने अवसर पाउने आयोजकले जनाएको छ ।
एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैँसी पालन, डेरी खेती, केरा खेती, थोपा सिँचाई, विषादी रहित कृषि र कृषि नवीनतम औजारहरूको प्रदर्शनी गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म