रुपन्देहीमा अर्ग्यानिक मलको उत्पादन सुरु
_aJLLrlhZL4.jpg)
बुटवल । नेपालमा मल अभावलाई कम गर्ने उद्देश्यसहित रुपन्देहीमा अर्ग्यानिक मल उत्पादन सुरु भएको छ । रुपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्ग्यानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।
रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टीलाइजर एण्डा केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ ।
आज भैरहवामा पत्रकार सम्मेलन गर्दै कम्पनीले मल उत्पादन गरेको जनाएको छ ।
माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्त्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको अग्रवालले बताए ।
पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरी दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मूल्य ५० किलोको १५ सय रुपैयाँमा रहेको छ ।
उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षण पछिमात्र बजारमा पठाउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ