राजेन्द्र पाण्डे भन्छन्– कीर्तिपुरको चुनाव जनमत संग्रह हो, माओवादीको उम्मेदवारलाई जिताउनुहोस्
बिहीबार, १३ मङ्सिर २०८१, १५ : ४८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिका प्रमुख पदको निर्वाचन जनमत संग्रह भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आइतबार हुने स्थानीय तह उपनिर्वाचनमध्ये कीर्तिपुरको निर्वाचन जनमत संग्रह भएको बताएका हुन् ।
‘निर्वाचन त अन्य स्थानमा पनि छन् । तर कीर्तिपुरको निर्वाचन जनमत संग्रह हो । कसको पक्ष मत छ भन्ने कुरा यो निर्वाचनले देखाउँछ’, माओवादीको पक्षमा मत माग्दै पाण्डेले भने, ‘त्यसकारण माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनको चुनाव चिन्ह गोलकारभित्र रहेका हँसिया हथौडालाई भोट हाल्न आग्रह गर्दछु । जिताउन भन्न चाहन्छु ।’
पाण्डेले केही दिनअघि उम्मेदवार फिर्ता लिएको निर्णयको विषयमा सभामा पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको मिसन–०८४ : ठुलो दल बन्ने कि निर्णायक शक्ति ?
-
कर्णालीमा वर्षा र हिमपात, कृषकहरू उत्साहित (तस्बिरहरू)
-
गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् ठेक्का रद्द गरिएको धुलिखेल खावा सडकखण्डको दुर्दशा
-
बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको बिक्री सुरु