भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छु : शिवशरण महर्जन
बिहीबार, १३ मङ्सिर २०८१, १५ : ३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवार प्राडा शिवशरण महर्जनले निर्वाचित भएमा भ्रष्टाचारमुक्त व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय, समृद्ध तथा व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कीर्तिपुरभित्र देखिएका खानेपानी, स्वास्थ्य, शिक्षा, सहकारी, लालपुर्जा लगायत सम्पूर्ण समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए ।
‘कीर्तिपुरलाई व्यवस्थित भ्रष्टाचारमुक्त नगरपालिका बनाउन मैले उम्मेदवारी दिएको हो । म प्रमुख पदमा निर्वाचित भएमा यस नगरपालिकाका स्वास्थ्य, शिक्षा, सामाजिक, सांस्कृतिक, खानेपानी, भौतिक पूर्वाधार, पर्यटन विकासमा मेरो सम्पूर्ण ध्यान जानेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा