नेप्से घट्यो, साढे ८ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार बजार परिसूचक ८.३० अंकले घट्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको हो । बिहीबार बजारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार सामान्य रूपमा घटे पनि बिहीबार मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ । कारोबार भएका कम्पनीमध्ये बिहीबार १९७ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्रै बढेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि बिहीबार व्यापारमूलक क्षेत्रमा ९.२५ प्रतिशतको उच्च वृद्धि भएको छ । विकास बैंक र जीवनबीमा उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य उपसूचक घटेका छन् ।
बिहीबार बजारमा बुटवल पावर कम्पनी र विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयरमा बिहीबार नकारात्मक सर्किट ब्रेकर लागेको छ । बिहीबार बजारमा एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भयो । कारोबार भोल्युमको आधारमा एक्सेल नै अघि रहँदा कारोबार संख्याको आधारमा मितेरी डेभलपमेन्ट बैंक अगाडि रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल