बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय

बिहीबार, १३ मङ्सिर २०८१, १४ : २०
बिहीबार, १३ मङ्सिर २०८१

नयाँ दिल्ली । बुलन्दसहरको एक अदालतले एउटा निजी माहुरी पालन केन्द्रमा चोरी गरेको मुद्दामा एक व्यक्तिलाई ४ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । माहुरी चोरीमा दोषी भेटिएपछि आरोपी अमरवीर सिंहलाई ४ वर्ष ७ महिना ११ दिनको सजा सुनाइएको हो ।

सन् २०१५ मा रुडपुर बांगर गाउँका अमरवीर सिंहमाथि छतारीमा रहेको मौरीपालन केन्द्रबाट माहुरीका ७६ बाकस चोरी गरेको आरोप लागेको थियो । यसपछि माहुरी केन्द्रका मालिक मोहम्मद उस्मानले सन् २०१५ को सेप्टेम्बर १० मा प्रहरीमा उजुरी दिए । आईपीसीको धारा ३७९ र ५०६ अन्तर्गत अनुप शहरका प्रहरीले मुद्दा दर्ता गराएको थियो ।

प्रहरीले सन् २०१६ मा अदालतमा आरोपपत्र दायर गर्‍यो । नौ वर्षसम्म चलेको मुद्दाको सुनुवाइपछि अतिरिक्त न्यायाधीश यज्ञेशकुमार सोनकरले आरोपितलाई नोभेम्बर २६ मा दोषी ठहर गरेका थिए । आफूले सबै आशा त्यागेको, तर अन्ततः न्याय प्राप्त भएको फैसला आएपछि मोहम्मद उस्मानले भनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप