अमेरिका र चीनबिच कैदी साटासाट

वासिङ्टन डीसी । अमेरिका र चीनले तीन/तीन जना कैदी साटेका छन् । अमेरिकामा रहेका तीन चिनियाँ कैदीलाई रिहा गरेबापत चीनले पनि आफ्नो कैदमा रहेका तीन अमेरिकी कैदीलाई छाडिदिएको छ । कैदी आदान प्रदान गर्न राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ता थालेपछि यो कदम चालिएको बताइएको छ ।
मार्क स्वीदान, काई लि र जोन लेउङ अमेरिका फर्किने क्रममा रहेको नेशनल सेक्युरिटी काउन्सिलका एक प्रवक्ताले बुधवार एउटा विज्ञप्तिमा भनेका छन् । कयौँ वर्षमा उनीहरू छिट्टै फर्किने अनि परिवारसँग मेलमिलाप हुने विज्ञप्तिमा भनिएको छ ।
यस्तो खालको कैदी आदान प्रदान भएको यो कयौँ महिनापछि पहिलो पटक हो । बुधवार नै चिनियाँ अधिकारीहरूले पनि अमेरिकाको कैदमा रहेका तीन चिनियाँ नागरिक रिहा भएको पुष्टि गरेको छ । चीन सरकारको अथक प्रयासपछि अमेरिकाले गलत तरिकाले समातेर राखेको तीन जना चिनियाँ नागरिकलाई रिहा भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले बुधवार एउटा विज्ञप्तिमा भनेका थिए ।
यही महिनाको सुरुमा पेरुमा आयोजित एपेकको शिखर सम्मेलनमा बाइडेनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गलत तवरले थुनामा राखिएका आफ्ना नागरिकको रिहाइको विषय उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन