भूल भुलैयाले कमायो २५० करोड
नयाँ दिल्ली । ‘भूल भुलैया ३’ कार्तिक आर्यनको अहिलेसम्मको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अनीस बज्मीको निर्देशनमा बनेको यो फिल्ममा कमेडीको साथमा हररको तड्कालाई दर्शकले निकै मन पराइरहेका छन् ।
रुह बाबा र मञ्जुलिकाको जुगलबन्दीले पर्दामा यस्तो जादु गरिरहेको छ कि रिलिज भएको २७ औँ दिन पनि फिल्म हेर्न हलमा दर्शकको ओइरो लागिरहेको छ । १५० करोड भारुमा बनेको यस फिल्मले पहिलो हप्तामै १५८ करोड २५ लाख भारु कमाएर बजेट उठाइसकेको थियो । पहिलो हप्ताको कमाइले नै फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान रच्ने सङ्केत गरेको थियो ।
माधुरी दीक्षित, विद्या बालन र तृप्ति डिमरीको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले दर्शकको मनमा राम्रो ठाउँ बनाएको छ । फिल्ममा हलुका हास्य, रोचक ट्विस्ट र केही डरलाग्दो दृश्यहरू पनि छन् जसले दर्शकहरूलाई बोर हुन दिँदैन ।
‘भुल भुलैया ३’ले दोस्रो साता ५८ करोड भारु र तेस्रो साता २३ करोड ३५ लाख भारुको व्यापार गरेको थियो । चलचित्र चौथो हप्तामा चलिरहेको छ । प्रारम्भिक तथ्याङ्कलाई विश्वास गर्ने हो भने २७ औँ दिनमा फिल्मले १ करोड भारु सङ्कलन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन २५० करोड १० लाख पुगेको छ । यो कार्तिकको सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ । भूल भुलैया २ को कमाई १८५ करोड ९० लाख भारु थियो ।
‘भूल भुलैया’ सिरिज पहिलेदेखि नै बलियो र सफल फ्रन्चाइजी हो । ‘भुल भुलैया २’ ले पनि राम्रो सफलता हासिल गरेको थियो । ‘भूल भुलैया ३’ पनि यो अपेक्षामा पूरा उत्रिएको छ । कार्तिक आर्यनको कमिक टाइमिङ र उनको बढ्दो स्टार पावरले फिल्मलाई बलियो अनुहार दिएको छ । हास्य र थ्रिलरको संयोजन दर्शकलाई हलमा तान्न सफल भएको भन्ने विश्लेषण भारतीय सञ्चार माध्यमहरूमा आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
-
सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा