अनिशाले जितिन् ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड

काठमाडौँ । कम्बोडियामा सम्पन्न ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड नर्स अनिशा पराजुलीले जितेकी छिन् । गएराती सम्पन्न प्रतियोगितामा नेपालबाट सहभागी पराजुली शीर्ष २० मा पुग्दै उक्त उपाधी जितेकी हुन् ।
मिस प्लानेट नोभेम्बर १९ देखि २७ सम्म भएको थियो । प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी थिइन् ।
हुम्यानिटी अवार्ड जितेकी अनिशाले ‘मिस प्लानेट २०२४’ मार्फत आफूले नेपाललाई विश्वसामु चिनाउने अवसर पाएकको बताइन् । ‘मिस प्लानेट’ मा यो वर्ष थिम ‘दिगो विकास सँंगसँगै मेन्टल हेल्थ अवरनेस’ रहेको थियो ।
नेपालको प्रतिनिधित्व गर्न उनी नेक्स्ट मोडल्स नेपाल मार्फत कम्बोडिया पुगेकी थिइन् । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक समेत हुन् ।
काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनले फस्ट रनर विजेता थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग