‘डोरी’को शुभ–मुहूर्त

काठमाडौँ । अरुण लामाको निर्देशन रहने फिल्म ‘डोरी’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्तमा फिल्मका कलाकार प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई र नूतनलगायतको उपस्थिति थियो ।
फिल्मको छायाङ्कन आइतबारदेखि सुरु हुनेछ । कविता आले, सजन श्रेष्ठको समेत अभिनय रहने फिल्मका कार्यकारी निर्माता राज थापा हुन् ।
कार्यक्रममा निर्देशक लामाले फिल्मले डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने बताए । उनले फिल्मले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउने जानकारी समेत दिए ।
अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । उनले भनिन्, ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ । यो चलचित्रमा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ ।’
अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको फिल्मको रूपमा परिभाषित गरे ।
फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । फिल्ममा संगीत राजनराज सिवाकोटी, छायाङ्कन सौरभ लामा र एक्सन निर्देशन राजु तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा काँक्रो खानुका अनेक फाइदा
-
‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू
-
खाना खाएपछि १० मिनेट हिँड्नुहोस्, रोगबाट टाढा रहनुहोस्
-
इटालियन सिरी’ए : शीर्ष स्थानको इन्टर मिलान जित्दा, एटलान्टा र युभेन्ट्स पछारिए
-
सर्बियाको राजधानीमा किन ओर्लिए लाखौँ मानिस ?
-
बुण्डेस लिगा : बायर लिभरकुजेन, आइन्ट्राच्ट फ्र्यान्कफर्ट र हिडेनहाइम विजयी